जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो
lokaantar.com

पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ ।
कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)