मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङको जिप दुर्घटना : चालकको मृत्यु, २ जना घाइते

annapurnapost.com · Thu Oct 01 06:05:22 GMT 2026

काठमाडौं : बझाङको सुर्मा गाउँपालिकाको चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा सुर्मा गाउँपालिका –४ का चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको हो।

जिपमा चालकसहित ३ जना सवार रहेकोमा दुई जना घाइतेको नाम, थर र वतन खुल्न बाँकी रहेको छ। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)