पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
swasthyakhabar.com · Thu Oct 01 06:17:41 GMT 2026

सोह्रश्राद्ध हिन्दू संस्कृतिमा एक महत्वपूर्ण धार्मिक परम्परा हो, जसलाई पितृहरूको आत्माको शान्ति र मोक्ष प्राप्तिको लागि गरिन्छ। यो विशेष रूपमा भाद्र महिनाको कृष्ण पक्षमा आयोजना गरिन्छ, जसलाई पितृ पक्ष भनिन्छ। श्राद्धमा माछामासु नखाने, पवित्र मनले विधिपूर्वक तर्पण, पिण्डदान र ब्राह्मणलाई भोजन गराउने परम्परा छ, जसले पितृ आत्मालाई तृप्ति दिलाउने मान्यता छ। यस परम्पराको धार्मिक आधार र सांस्कृतिक निरन्तरता आफ्नै महत्वका विषय हुन्। यसको मूल भाव पितृप्रति कृतज्ञता, सम्मान, जिम्मेवारी र आफ्नो अस्तित्वको स्रोतप्रति स्वीकारोक्ति हो। 'हामी आफ्ना आमाबुबा जीवित छँदा उनीहरूप्रति कति सम्मान, माया, हेरचाहमा समय दियौँ?' वा 'कर्मकाण्डी मात्र पो भयौँ कि?' यो लेखको विषयवस्तु यही प्रश्नसँग जोडिएको छ।
सम्बन्ध, व्यवहार र वास्तविकता
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)