मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुने घटनाको गृह मन्त्रालयले छानबिन गर्ने, मन्त्रिपरिषद्ले दियो निर्देशन  

shilapatra.com · Fri Mar 28 18:16:00 GMT 2025

मन्त्रिपरिषद् शुक्रबार राति बसेको आकस्मिक बैठकले शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलार्ई निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, शुक्रबारको हिंसाको घटनाबारे गृहमन्त्रालयले छानबिन गर्ने छ । मन्त्रिपरिषद् बैठकले राजावादीहरूले आतंक फैलाएको, ढुंगामुढा गर्ने, आगजनी र लुटपाट गर्ने, मानिसको ज्यानै जाने अमानवीय र गैरकानुनी काम गरेको ठहर गर्दै गहिरो छानबिन गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)