जेनजी आन्दोलनका फरार प्रतिवादी र भारतीय महिला खैरो हेरोइनसहित पक्राउ
barnanmedia.com · Thu Oct 01 06:12:29 GMT 2026

काठमाडौँ । भारतबाट लागु औषध खैरो हेरोइन ल्याई काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने गिरोहविरुद्धको कारबाहीका क्रममा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादी र एक भारतीय महिला रहेका छन्।
ब्यूरोको टोलीले असोज १३ गते काठमाडौँको चन्द्रागिरी नगरपालिका-७ सतुङ्गलबाट लमजुङ बेसीशहर नगरपालिका-२ ठेगाना भएका २७ वर्षीय विक्रम गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र नगद रु. ७ लाख बरामद भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)