अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, नौजनाको मृत्यु
baahrakhari.com · Thu Oct 01 06:27:44 GMT 2026

काठमाडौं । पाकिस्तानले गए राति अफगानिस्तानका दुई प्रान्तमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परी नौजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका अफगानिस्तानको तालिबान सरकारले जनाएको छ ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी विमानहरूले दक्षिणी हेलमन्द र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरहरूलाई निसाना बनाएको जानकारी दिए । आक्रमणबाट तीन घर पूर्ण रूपमा नष्ट भएको उनले बताए । पाकिस्तानको यो कदमलाई उनले आक्रामकता र अन्तर्राष्ट्रिय सिद्धान्तको उल्लंघनको संज्ञा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)