मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा

barnanmedia.com · Thu Jan 01 21:25:00 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नुभएको छ । उहाँले आफ्नो सेनालाई राष्ट्रको सम्मानको ‘वीरतापूर्ण’ रक्षाका लागि बधाई दिंदै उनीहरूलाई ‘साहसी बन्न’ निर्देशन दिनुभएको राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले बिहीबार जनाएको छ ।

दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायका अनुसार प्योङयाङले युक्रेनमा रुसको करिब चार वर्ष लामो आक्रमणमा हजारौँ सेना पठाएको छ । दक्षिण कोरियाको अनुमान अनुसार कम्तीमा ६०० जनाको मृत्यु भइसकेको छ र हजारौँ घाइते भएका छन् । विश्लेषकहरूले उत्तर कोरियाले रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा आपूर्ति गरिरहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)