भेष बदलेर सीमा पुगे गृहमन्त्री सुधन गुरुङ, स्थानीयसँग तस्करीबारे प्रत्यक्ष जानकारी संकलन
barnanmedia.com · Mon Jun 29 03:47:32 GMT 2026

गृहमन्त्री सुधन गुरुङले साधारण पोशाक (हाफ पाइन्ट र टिसर्ट) लगाएर बारा–पर्सा सीमा क्षेत्रमा आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले स्थानीय बासिन्दा र व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै भन्सार छली, तस्करी तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए।
गृहमन्त्रीको यो भ्रमणको उद्देश्य सीमा क्षेत्रमा भइरहेका गतिविधिको वास्तविक अवस्था बुझ्नु र सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनभन्दा फरक यथार्थ छ कि छैन भन्ने मूल्याङ्कन गर्नु रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)