दुधको मूल्य बढाउन माग
kendrabindu.com · Thu Oct 01 06:35:43 GMT 2026

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दुधको मूल्य बढाउन माग गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री, मन्त्रालयका सचिव तथा कृषि तथा प्राकृतिक स्रोत समितिसमक्ष ज्ञापनपत्र बुझाएको छ। चितवनबाट काठमाडौं आएको टोलीले बुधबार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा किसानले उत्पादन गर्ने दुधको लागत बढ्दै गएकाले सरकारले दूधको खरिद मूल्य पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। सरकारले यस अगि २०७९ फागुन १९ गते ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको देखि कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)