जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना : व्यवसायी चिवायोसहित ६ जनाको मृत्यु
newsofnepal.com · Thu Oct 01 06:43:25 GMT 2026

काठमाडौं ।
जिम्बाब्वेको राजधानी हरारेबाट दक्षिण–पूर्वमा पर्ने मारोन्देरा ग्रामीण क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी ‘लुलु’ मुटेकेसहित ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। बुधबार साँझ करिब ५ बजे मारोन्देरा क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। जिम्बाब्वे सरकारले हेलिकप्टरमा सवार कसैलाई पनि जीवित उद्धार गर्न नसकिएको पुष्टि गरेको छ। घटनास्थलमा उद्धार तथा सुरक्षा टोली पुगे पनि दुर्घटनापछि लागेको आगोका कारण शवहरू नराम्ररी जलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)