कार्यालय भवन ढलेपछि वडाध्यक्षको चिन्ता- आफ्नै खेत बगेको भन्दा यसैमा दुःख लागेको छ
khabarhub.com · Thu Oct 01 06:49:48 GMT 2026

गण्डकी – आफ्नै कार्यसमयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित हुन्थे ।
दरमखोला किनारमा लडेको भवनतिर हेर्दै उनले भने, ‘मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)