‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय
gorkhapatraonline.com · Thu Oct 01 06:54:04 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ ।
छत्तिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केबल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उहाँहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)