मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिया बेचेरै परिवारको गुजारा

reportersnepal.com · Thu Oct 01 06:50:56 GMT 2026

कपिलवस्तु, १५ असोज । दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त छन् । ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आएको छ ।

दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा विसं २०७७ मा कपिलवस्तु आएको हो । उनले छ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)