मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
lokaantar.com

झापाको बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)