मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ लाख नगदसहित जुवाडे प्रक्राउ

annapurnapost.com · Tue Oct 04 00:55:00 GMT 2022

दार्चुला : जिल्लाको महाकाली नगरपालीका-४ तिङ्करखेडाबाट ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको साथबाट चार लाख दुई हजार ३६० रुपैयाँ समातेको हो।

प्रेम सिंह बुढाथोकीको आफ्नौ घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन्। प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा मार्दा दिउँसो साढे तीन बजे जुवाखालबाट पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)