घुस लेनदेनसम्बन्धी अडियोबारे कृषिमन्त्रीको स्पष्टीकरण-संलग्नता छैन,प्रमाण भए 'फेस' गर्न तयार छु
annapurnapost.com · Thu Oct 01 07:21:02 GMT 2026

काठमाडौं : कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि मन्त्रालयले गम्भीताका साथ काम गरिरहेको बताएकी छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा मन्त्री चौधरीले रासायनिक मलको आपूर्तिलाई व्यवस्थित बनाउन र प्राङ्गारिक मलका लागि स्पष्ट कार्यविधि तयार पार्न विभिन्न समितिहरूले काम गरिरहेको जानकारी दिइन्।
उनले नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले असर पार्ने गरेको र यस वर्षको लागि रासायनिक मललाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए । मन्त्रालयअन्तर्गत रहेका ३५ वटा कानुन,ऐन तथा कार्यविधिहरूलाई परिमार्जन र सुदृढ गर्ने प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)