जिल्लाको आदेश उच्चले उल्ट्यायो, लेखा समिति सभापति ऋषिकेशकी पत्नीसँग १ करोड धरौटी माग
clickmandu.com · Thu Aug 21 16:40:39 GMT 2025

विराटनगर । उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउँदै उमागौरी सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित चार जना प्रतिवादीलाई जनही १–१ करोड धरौटी माग गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार यस प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समिति सभापति तथा एमाले सांसद पोखरेलकी पत्नी अन्जला कोइरालासहित चार जना प्रतिवादीलाई जनही १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)