मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङमा जिप दुर्घटना, चालकको मृत्यु

ratopati.com · Thu Oct 01 07:35:04 GMT 2026

बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ डोगडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्मा गाउँपालिका–४ दौतडाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९५ नम्बरको जिप बुधबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुर्मा गाउँपालिका–४ निवासी २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा तीन जना सवार रहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)