मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

वर्षाले भक्तपुरका इँटा उद्योगमा करोडौंको क्षति (फोटो फिचर)

baahrakhari.com · Thu Feb 10 00:47:00 GMT 2022

भक्तपुर । गतहप्ताको वर्षाका कारण देशभर ठूलो परिमाणमा काँचो इँटा नष्ट भएको छ । वर्षाले भक्तपुरका इँटा उद्योगीहरुले पनि करोडौंको क्षति व्यहोर्नुपरेको छ । बर्सेनि वर्षका कारण लाखौं काँचो इँटा नष्ट हुँदा व्यवसायी मारमा पर्ने गरेका छन् । इँटा उद्योगमा अरबौंको क्षति हुँदा पनि राज्यको नजर नपर्दा उद्योगीहरु मारमा पर्ने गरेका छन् । इँटा उद्योगमा बिमाको व्यवस्था नहुँदा उद्योगीहरु मारमा पर्दै आएका छन् ।

इटा उद्योगीहरुले कोइलाको सहजरुपमा आपूर्ति हुनुपर्ने माग सरकार समक्ष राख्दै आए पनि मागको सम्बोधन अहिलेसम्म नभएको भक्तपुरको फैढोका गणेश इँटा उद्योग र माता इँटा उद्योगका सञ्चालक सुरज सुवाल बताउँछन् । दुई वर्षदेखी चलिरहेको कोरोना महामारीका कारण इँटा उद्योग समस्यामा भैरहेको बेला वर्षाले थप नोक्सानी व्यहोर्नुपरेको सुवालले बताए । वर्वाका कारण सुवालका दुईवटा इँटा उद्योगमा करिब ५० लाख रुपैयाँको क्षति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)