दूरसञ्चार सेवाको गुणस्तरबारे सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग
nepalnews.com · Thu Oct 01 07:58:40 GMT 2026

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी मागेका छन्। टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको भन्दै उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा आज जानकारी लिएका हुन्।
सो अवसरमा उनले टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिए। सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत मन्त्रालय र प्राधिकरणका विभिन्न पदाधिकारी सहभागी छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर खस्किँदै गएको उपभोक्ताको बुझाइ रहेको र काठमाडौं उपत्यका जस्तो क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनुलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)