फैसला आयो, सरकारी जग्गा फिर्ता आएन
nagariknews.nagariknetwork.com · Thu Oct 01 07:31:20 GMT 2026

भेरीगंगा नगरपालिकाको प्रशासनिक भवनको पूर्वतर्फ पर्छ, ठकुरी टोल। यही टोलको सात रोपनी बहुमूल्य जमिन २०४३ सालदेखि विभिन्न व्यक्तिले कब्जा गरेर संरचना निर्माण गरेका छन्।
२०६५ सालमा जिल्ला अदालत सुर्खेतले सरकारी ठहर गरिसकेको जमिनको अतिक्रमण अहिलेसम्म सरकारले हटाउन सकेको छैन। २०४३ सालमा स्थानीय भविलाल सुनारले यो टोलको सात रोपनी जमिन कब्जा गरेर विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए। यहाँ अहिले १६ वटा पक्की घर, केही टहरा र क्रिस्चियन धर्मावलम्बीको चर्च छ। हरेक वर्ष घरटहरा थपिँदै गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)