आवेग होइन संयम, कायम गरौँ सामाजिक सद्भाव (भिडियो)
ratopati.com · Fri Jul 31 13:52:34 GMT 2026

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा दुई पक्षबिचको तनावका कारण सिर्जित समस्या मधेसका केही जिल्लासम्म पुगेको छ । सप्तरी, सिरहा र जनकपुरमा समेत चर्किँएको प्रदर्शन नियन्त्रण गर्न प्रशासनले कर्फ्यु नै लगाउनु परेको अवस्था छ ।
आपसी भाइचारा र सहअस्तित्वमा बाँचेको नेपाली समाजमा साम्प्रदायिक सद्भाव भड्काउने खालका गतिविधि भइरहेको संकेत देखिन्छ । तर यसलाई नियन्त्रण गर्न उचित पहलकदमी नलिएको भन्दै सञ्जालदेखि सदन र सडकसम्म सरकारको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह देशमा विषम परिस्थिति आउँदा समेत ‘मौन’ बसेको आरोप लाग्यो । भलै, केही दिन ढिलै भएपनि प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गरेर सामाजिक सद्भाव कायम गर्न अपिल गरे । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटे, उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई टेलिफोन गरी देशको पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)