रेविज शून्यमा झार्ने नेपालको लक्ष्य नारामै सीमित, भ्याक्सिन उत्पादनसमेत बन्द
arthadabali.com · Thu Oct 01 07:12:38 GMT 2026

रेबिज नेपालका लागि नयाँ रोग होइन । यो लामो समयदेखि मानव तथा पशु स्वास्थ्यमा चुनौतीका रूपमा रहँदै आएको छ । रेबिज नेपालमा ‘एन्डेमिक’ अवस्थामा छ । समय–समयमा यसको संक्रमण देखिने मात्र होइन, कुकुरको टोकाइका घटना पनि ठूलो संख्यामा हुने गरेका छन् । त्यसैले रेबिज नियन्त्रण केवल स्वास्थ्य संस्थाको जिम्मेवारी नभई मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकसाथ हेर्ने ‘वान हेल्थ’ अवधारणाअन्तर्गत अघि बढाउनुपर्ने विषय बनेको छ।