रामकुमारी भन्छिन्– सरकार फासीवादको बाटोमा छ
baahrakhari.com · Thu Oct 01 08:12:11 GMT 2026

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले सरकार फासीवादको बाटोमा हिँडिरहेको बताएकी छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा सांसद झाँक्रीले सरकारको फासीवादको पछिल्लो घटना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारी भएको बताइन् ।
“सरकारले मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्यो । बिनाकारण गरिएको गिरफ्तारीबारे सरकारले लाज ढाक्न पनि कारण दिन सकेको छैन,” झाँक्रीले भनिन्, “सरकारलाई सदनमा जवाफदेही बनाउनुपर्छ । यो अधिवेशनमा सरकारले जवाफ दिएन भने अर्को अधिवेशनमा भए पनि जवाफदेही बनाउनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)