काठमाडौंमा पशु चौपाया : बाच्छी जन्मे गोठमा बाच्छा जन्मे रोडमा !
baahrakhari.com · Sat Oct 16 00:30:00 GMT 2021
काठमाडौं । छाडा पशु चौपायाका कारण देशको संघीय राजधानी काठमाडौंको गौशला, पशुपति, एयरपोर्ट, कागेश्वरी, गुहेश्वरी, बौद्ध, जोरपाटी क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सम्बधित निकायले चौपाया व्यवस्थापनका लागि प्रभावकारी योजना ल्याउन नसक्दा यसको समस्या बढ्दै गएको हो ।
ट्राफिक प्रहरीले छाडा पशु चौपायाका कारण निकै समस्या हुने गरेको बताउँदै आएका छन् । ‘‘सडकभरी चौपाया छन्, यसले गर्दा सवारी आवजावतमा समस्या भएको छ । छाडा चौपायाका कारण धेरै दुर्घटना भएका छन्,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने, ‘‘हामीले दैनिकजसो पशु चौपाया धपाउने गरेका छौँ । तर, समस्या समाधान हुन सकेको छैन । महानगरपालिका लगायत सम्बन्धित निकायले यसमा तत्काल ध्यान दिनुपर्ने हो, तर दिन सकेको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)