मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सपनाको उडान, काठको बाकसमा अवसान

ratopati.com · Thu Oct 01 08:25:30 GMT 2026

बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिपरि चहलपहल सुरु हुन्छ । कसैको हातमा पासपोर्ट छ । कसैको हातमा टिकट । कसैको आँखामा उत्साह छ । कसैको आँखामा डर । कोही पहिलोपटक विमान चढ्दैछन् । कोही वर्षौंदेखि विदेश आउजाउ गरिरहेका छन् । आफन्तहरू विमानस्थलको गेटसम्म पुग्छन् । आमाले छोरालाई अँगालो हाल्छिन् । बुबाले काँध थपथपाउँछन् । श्रीमतीले धेरै कुरा भन्न खोज्छिन् । तर आवाज निस्कँदैन ।

छोराछोरीले बाबुलाई हेर्छन् । बाबु भन्छन्– ‘चाँडै फर्किन्छु ।’ कोही भन्छन्– ‘अब दुई वर्ष दुःख गर्छु । ऋण तिर्छु ।’ कसैले घर बनाउने सपना देख्छ । कसैले छोराछोरीलाई राम्रो स्कूलमा पढाउने सपना । कसैले आमाको औषधीमूलो गर्ने सपना । कसैले गाउँको फुसको घरलाई पक्की बनाउने सपना । यी सपना बोकेर नेपाली युवा विमान चढ्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)