तराई–मधेश घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग
canadanepal.com · Fri Jul 31 14:12:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न क्षेत्रमा भएको द्वन्द्वका घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सुनसरी र सिरहाका घटनामा तीन जनाको मृत्यु तथा ठूलो सङ्ख्यामा नागरिक घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)