दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण
ratopati.com · Thu Aug 21 17:53:00 GMT 2025

दार्चुला । हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उनीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको पहिलो सातासम्ममा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमा एक महिला र पुरुष रहेका छन् । उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र बाँकेको कोहलपुर घर भएका पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)