मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारमाथि रामकुमारी झाँक्रीको यस्तो आरोप

hamrakura.com · Thu Oct 01 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले वर्तमान सरकार फाँसीवाद र तानाशाहीतर्फ उन्मुख भएको पुष्टि गरेको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले कुनै ठोस वस्तुगत आधार, प्रमाण र कारणबिनै पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको भन्दै सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएकी हुन्।

सांसद झाँक्रीले पूर्वप्रधानन्यायाधीश पक्राउ गर्नुको औचित्यबारे सरकारसँग कुनै स्पष्ट जवाफ नै नभएको र अहिले सरकारलाई आफ्नै कदमको ‘लाज छोप्न’ मुस्किल परिरहेको टिप्पणी गरिन्। देशको कार्यकारी प्रमुखमा असिमित अधिकार रहेको घमन्डमा राज्यका अन्य दुई प्रमुख अङ्ग न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार गर्ने नियतका साथ सरकार अघि बढेको उनको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)