प्रकाशमानको आरोप- कांग्रेसलाई कमजोर पार्न विशेष महाधिवेशन गरेर गगन स्वघोषित सभापति भए
nepalpress.com · Thu Oct 01 09:04:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता प्रकाशमान सिंहले आफूहरुले गर्ने महाधिवेशन नै आधिकारिक भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनलाई तथाकथितको संज्ञा दिँदै विधानले नमानेको बताए।
उनले भने, ‘आफै केन्द्रीय कार्यसमितिमा बसेर नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेपछि कसको मागमा र स्वार्थमा विशेष महाधिवेशन गरियो? त्यो विशेष महाधिवेशन गरेकै दिनबाट जबर्जस्त रूपमा कांग्रेसलाई कमजोर पार्ने प्रयास भइरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)