मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुने क्षेत्रको घटनामा प्रहरीसहित ११० घाइते, १५ सवारीसाधनमा क्षति

baahrakhari.com · Fri Mar 28 18:37:26 GMT 2025

काठमाडौं । राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको तथा प्रहरीसहित ११० जना घाइते भएका छन् । प्रहरी परिसर काठमाडौंले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै कीर्तिपुर नगरपालिका–४ गाक्छा बस्ने २९ वर्षीय सविन महर्जन र सुरेश रजकको मृत्यु भएको जनाएको छ । घटनामा ७५ जना सुरक्षाकर्मी घाइते भएको जनाइएको छ ।

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिए पनि निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका पार्टी कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधनमाथि हिंसात्मक तोडफोड, आगजनीका घटना घटाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)