नेपालमा पहिलोपटक 'एक्सटेप' को १० किलोमिटर म्याराथन
news24nepal.tv · Thu Oct 01 09:24:00 GMT 2026
काठमाडौँ । चीनको प्रतिष्ठित स्पोर्ट्स ब्राण्ड एक्सटेप (Xtep) ले नेपालमा पहिलोपटक १० किलोमिटर म्याराथन आयोजना गरेको छ। काठमाडौंको चक्रपथस्थित Xtep को सोरुमबाट सुरु भएको म्याराथन बुढानीलकण्ठ मन्दिर परिक्रमा गर्दै पुनः सोही सोरुममा आएर भव्य रूपमा सम्पन्न भएको हो।
स्वास्थ्य, फिटनेस र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा महिला तथा पुरुष दुवैको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी सबैलाई Xtep को तर्फबाट मेडल प्रदान गरिएको थियो भने म्याराथनका विजेताहरूलाई मेडलसँगै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)