अजित मिराजको न्यायको लागि कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानको शान्तिपूर्ण प्रदर्शन
onlinekhabar.com · Thu Jun 04 14:30:58 GMT 2026

२१ जेठ, काठमाडौं । १० वर्षअघि अन्तरजातीय विवाह गरेका अजित मिजारलाई न्याय माग्दै उनको शव राखिएको त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जातीय विभेदविरुद्ध सचेतना अभियान, उपसमितिले जातीय भेदभाव र छुवाछुतविरुद्धको राष्ट्रिय दिवसमा प्रदर्शन गरेको हो ।
उपसमितिकी संयोजक एलिजा ढकाल, प्रतिष्ठानकी मोहना अन्सारीलगायतले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
10 वर्षअघि अन्तरजातीय विवाह गरेका मिजार मृत भेटिएको र उनको हत्या भएको आरोप परिवारको छ । परिवारले १० वर्षदेखि न्यायका लागि लडाइँ लडिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ