भयरहीत वातावरणमा निर्वाचन गर्ने प्रतिवद्धता
gorkhapatraonline.com · Sun Jan 18 17:45:56 GMT 2026

सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक आज सम्पन्न भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको थियो ।
प्रदेश प्रहरी ऐन, २०७९ को दफा ९१ बमोजिम बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था, निर्वाचनलक्षित सुरक्षा चुनौतीहरु र प्रदेशको एकीकृत निर्वाचन सुरक्षा रणनीतिका विषयमा चारवटै सुरक्षा निकायबाट समीक्षा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)