तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह
shilapatra.com · Fri Jul 31 15:08:00 GMT 2026

नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।
बुधबार जारी वक्तव्यमा चेम्बरले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, वर्तमान परिस्थितिमा संयमता अपनाउन र सामाजिक सद्भावलाई प्राथमिकता दिन सबैमा अपिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)