मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोना बिमाकोे भुक्तानीमा उल्झन

annapurnapost.com · Mon Oct 04 06:27:00 GMT 2021

कोरोना बिमा गर्ने कम्पनीको अहिले फोन उठ्दैन। केही समय अघिसम्म बिमितलाई आश्वासन दिने उनीहरूको अब दिने उत्तर छैन। बिमितहरू सेवा नपाउँदा आक्रोशित छन्। विराटनगरमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा नै परेको छ। बिमितले जोखिम वहन गर्न बिमा गरेपछि पाउनुपर्ने आफ्नो अधिकार पाएनन्। नेपालमा पहिलो पटक नयाँ प्रकारको बिमालेख २०७७ वैशाख ७ गतेदेखि सुरु भएको हो। सुरुआतमा व्यापक चर्चा गरेर बिमा गरियो। केही समयमै कोरोना संक्रमण भई भुक्तानी दाबी बढेपछि जेठ १७ मा रोक्ने निर्णय भयो। अर्थ मन्त्रालयको निर्देशनमा पुनः जेठ २३ बाट बिमा सुरु भयो। तर, अहिले बिमाको भुक्तानी गर्न कम्पनीले सकेका छैनन्। समस्याको समाधान गर्न सरकार असफल छ।

कोरोना संक्रमण कम हुने आशंकामा पहिले हौसिएर बिमा गर्न तम्सिएका बिमा कम्पनीको अहिले सातो हराएको छ। नेपालीले पचाउँछन्, बिमा गरे पनि दाबी गर्ने कम हुन्छन् र नाफा हुन्छ भन्ने उनीहरूको सपना महामारीले चकनाचुर बनाएको छ। अहिले यो नै उनीहरूका लागि टाउको दुखाइको विषय बनेको छ। सुरु भएको एक महिनामा नै बिमा कम्पनीले पुँजीभन्दा दायित्व धेरै भएको भन्दै खुट्टा कमाएका थिए। सरकारको निर्देशनमा बिमा गरे पनि भुक्तानी गर्न सकेनन्। बिमा कार्यक्रम कम्पनीहरूले गत साउनदेखि रोके। अब भुक्तानी दाबीको निवेदन नै नलिने सोचमा छन्। जुन कम्पनीका लागि र सरकारका लागि लज्जास्पद कुरा हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)