मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिउँदे अविधेशन आह्वान नभएकोमा बागमती प्रदेश सभा सदस्यको असन्तुष्टि

nepallive.com · Fri Feb 09 01:03:31 GMT 2024

मकवानपुर- चार महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्। गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेश सभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले विज्ञप्ति गर्दै हिउँद सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन्। पहिलो कार्यकालमा ४३ वटा मुल ऐन बनाएको प्रदेश सभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)