इरानबाट दुई हजार ५०५ अफगान शरणार्थी स्वदेश फर्किए
baahrakhari.com · Mon Jun 19 17:36:00 GMT 2023
काबुल । अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल दुई हजार ५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।
"इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल दुई हजार ५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्," विज्ञप्तिमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)