इराकबाट अमेरिकी सेना फिर्ता
gorkhapatraonline.com · Thu Oct 01 09:50:12 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको छ । उहाँले अमेरिकी सेना फिर्तीलाई संयुक्त राज्य अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ ।
ट्रम्पले बिहीबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको हो । उहाँका अनुसार आइएसआइएसलाई परास्त गर्ने अमेरिकी सेनाको मिसन पूरा भएपछि ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्त्य गरिएको हो । उहाँले इराकबाट अमेरिका फर्किने निर्णयलाई आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको अभियानको निष्कर्षका रूपमा प्रस्तुत गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)