नेपालमा पहिलोपटक फिल्म ‘पासाङ’ प्रिमियर, वैशाख १० गतेदेखि हलमा प्रदर्शन हुने
pahilopost.com · Wed Apr 19 16:38:54 GMT 2023
काठमाडौं: फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ प्रिमियर शो भएको छ। पासाङ ल्हामु फाउन्डेशनले बुधबार काठमाडौंमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको हो। प्रिमियर शोमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत चलचित्रकर्मीहरुको उपस्थिति थियो।
साथै वैशाख १० गतेबाट देशभरका क्युएफएक्स हलहरुमा फिल्म प्रर्दशन हुने फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिइन। २०२२ मार्चमा अमेरिकाको ‘सान्ता बार्बरा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा प्रिमियर भएको यो फिल्म ३०औं पासाङ ल्हामु दिवसका अवसर पारेर देशभर प्रर्दशन गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)