उम्मेदवारको घोषणापत्रप्रति मतदातालाई छैन विश्वास
ratopati.com
बुटवल उपमहानगरपालिका–११ नहरपुरका ४० वर्षीय श्याम खनाल ५÷६ महिना अगाडिसम्म किराना पसल चलाएर बसेका थिए । पसल राम्रोसँग नचलेपछि उनी अचेल त्यतिकै बसेका छन् । उनको घरमा अहिले भोट माग्न विभिन्न दलका उम्मेदवार आउने गरेका छन् ।
सडक बनाउनेदेखि विभिन्न विकासका नारा लिएर उम्मेदवारहरू मत माग्न आफ्नो घरमा आउने गरेको उनले बताए । एसएलसीसम्म अध्ययन गरेका खनालका लागि अहिले पुल बनाउने, ठुलो सडक बनाउने खालका योजनाभन्दा पनि रोजगारीको खाँचो छ । उनी आफूजस्ता बेरोजगार युवाले उचित रोजगारीको अवसर पाएमा विकासको अनुभूति गर्न सकिने बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)