सातै प्रदेशमा गठबन्धनको सरकार बन्नु जनताको जीत होः अध्यक्ष प्रचण्ड
nepalghatana.com · Thu Nov 04 17:06:07 GMT 2021
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार रहेको र यो जनताको जीत भएको बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रको मध्यपुर ठिमी नगर कमिटीले नेपाल संवतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
जनताको हित गर्ने पार्टी माओवादी केन्द्र नै रहेकाले आगामी दिनमा देशकै एक नम्बर पार्टी हुनुपर्ने धारणा राख्नुभयो । ‘संविधान र राष्ट्रको रक्षा गर्ने अर्को पार्टी छैन, उहाँले भन्नुभयो । माओवादीको मुद्दालाई धारासायी बनाउने शक्तिहरु कमजोर भएको पनि उहाँले दावी गर्नुभयो । तर जितिसक्यौं भनेर ढुक्क हुने स्थिति भने नरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)