२०२६ मा स्वीट्जरल्यान्डका हिमनदीको मात्रा ५ प्रतिशतभन्दा बढीले घट्यो
baahrakhari.com · Thu Oct 01 10:13:37 GMT 2026

काठमाडौं । युरोपमा देखिएको अभूतपूर्व ‘लू’का कारण स्वीट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेको विज्ञले बिहीबार बताएका छन् । पछिल्ला पाँच वर्षमा स्वीट्जरल्यान्डका हिमनदीले आफ्नो कुल बरफको करिब २० प्रतिशत हिस्सा गुमाएको उनीहरूले बताएका छन् । यस वर्ष हिमनदीमा इतिहासकै दोस्रो ठूलो गिरावट दर्ता भएको पनि विज्ञले जनाएका छन् ।
स्वीट्जरल्यान्डको ‘ग्लेसियर मोनिटरिङ’ नेटवर्कले गरेको नयाँ अध्ययनानुसार, सन् २०२६ मा त्यहाँका हिमनदीको बरफको मात्रा ५.५ प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)