टीकाअघि चिटिक्क बन्दै काठमाडौं- सबै शक्तिपीठमा विशेष सरसफाइ जारी
newsofnepal.com · Mon Oct 16 00:38:26 GMT 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँमा दर्शनार्थीको भीड लाग्ने राजधानीका सबै शक्तिपीठमा विशेष सरसफाइ गरेको छ । कामना वातावरण व्यवस्थापन विभागले शक्तिपीठलगायत महानगरभित्रका सबै क्षेत्रमा विशेष सफाइ शुरू गरेको जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत परिचालित एक सय र कामपाको जनशक्तिले शक्तिपीठलगायत सबै क्षेत्रमा सफाइ शुरू गरेको हो ।
राजधानीमा दशैँको नवमीमा एकदिन मात्र खुला रहने तलेजु परिसर, गुह्ेश्वरी, भद्रकाली, मैतीदवी, शोभा भगवती, नक्साल भगवती, नरदेवी, संकटा, महांकाल, डिल्लीबजार कालिका मन्दिर रहेका छन् । त्यसबाहेक हनुमानढोका दरबारक्षेत्रभित्र रहेका सबै सम्पदा, पचलीलगायत देवीदेवताको मन्दिरमा सफाइ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)