भारतबाट भित्रिएकोयुरिया गुणस्तरहीन
annapurnapost.com · Wed Aug 03 00:44:00 GMT 2022
झापा : भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्।
चोरी तस्करी गरी ल्याइएको उक्त मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ। यसरी बरामद भएका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि राखिएको छ। लिलामका लागि राखिएको मल परीक्षणका लागि पठाउँदा गुणस्तरहीन प्रमाणित भएको भन्सार प्रमुख रामेश्वरकुमार मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)