हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच ग्राहकको दुर्घटना बीमा गर्ने सम्झौता
ajakoartha.com · Thu Oct 01 10:26:00 GMT 2026

काठमाडौं- हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको दुर्घटना बीमा गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकले सदस्यताको तहअनुसार अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने भएका छन् ।
गरगहनासम्बन्धी व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई प्राथमिकतामा राख्दै उक्त सम्झौता गरेको जनाएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी तीन तहको सदस्यता कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)