पहिरोले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार [तस्बिरहरू]
hamrakura.com · Thu Oct 01 00:00:00 GMT 2026

बागलुङ । बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ । बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप गत असोज ८ मा पहिरोले बगाएपछि समस्या भएको हो ।
बजारबासीलाई खाना पकाउन तथा सरसफाइका लागि नगरपालिकाले बिहीबार बिहानैदेखि दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको हो । पाइप बगाएपछि बागलुङ बजारका करिब ४ हजार ५ सय उपभोक्ताले पछिल्लो पाँच दिनदेखि खानेपानीको समस्या भोग्नु परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)