इराकबाट फिर्ता भयाे अमेरिकी सेना
barnanmedia.com · Thu Oct 01 10:35:11 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका छन्। उनले अमेरिकी सेना फिर्तीलाई संयुक्त राज्य अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गरेका छन्।
ट्रम्पले बिहीबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका हुन्। उनका अनुसार आइएसआइएसलाई परास्त गर्ने अमेरिकी सेनाको मिसन पूरा भएपछि ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्त्य गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)