नेपाल–भारतको स्टार्टअप साझेदारी थप बलियो बनाउन पहल
ekantipur.com · Sat Dec 20 17:10:50 GMT 2025

काठमाडौँ — नेपालको स्टार्टअप इकोसिस्टम विकास र विस्तारका लागि भारतीय स्टार्टअपहरूसँगको साझेदारी महत्त्वपूर्ण हुने दुवै देशका उद्यमीहरूले बताएका छन् । ललितपुरको होटल रोयल टुलिपमा शनिबार आयोजित ‘स्टार्टअप समिट नेपाल २०२५’ मा सहभागी वक्ताले यस्तो साझेदारीले भारतमा झैं नेपालमा पनि स्टार्टअप युनिकर्न बनाउने वातावरण तयार गर्ने औंल्याए ।
द स्टार्टअप नेटवर्क र इन्डिया–नेपाल सेन्टर अफ द पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (पीएचडीसीसीआई) ले आयोजना गरेको स्टार्टअप सम्मेलनमा भारत सरकारले स्टार्टअप क्षेत्रलाई दिएको प्राथमिकता र नेपालमा स्टार्टअपले व्यवसाय विस्तार (स्केलिङ) मा कसरी समस्या झेल्नुपर्छ भन्नेबारे चर्चा गरियो । नेपाल र भारत दुवै देशका युवा पुस्ताको ऊर्जा सराहनीय रहेको र स्टार्टअप क्षेत्रमा यसको सदुपयोग गर्न सकिने नेपालका लागि पूर्वभारतीय राजदूत मन्जिभसिंह पुरीले बताए । भारत सरकारले स्टार्टअपलाई आर्थिक विकासमा आधारका रूपमा व्यवहार गर्ने उनले जनाए । नेपाल र भारत दुवै देशका युवा पुस्ताको ऊर्जा सराहनीय छ, स्टार्टअप क्षेत्रमा यसको सदुपयोग गर्न सकिन्छ, भारतले स्टार्टअपलाई आर्थिक विकासका आधारमा रूपमा व्यवहार गर्छ : मन्जिभसिंह पुरी, नेपालका लागि पूर्वभारतीय राजदूत
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)