नेपालले पहिलो पटक साफ च्याम्पियनसिप गुमाउने
ratopati.com · Thu Oct 01 10:51:06 GMT 2026
काठमाडौँ । नेपाली फुटबलका लागि दक्षिण एसियाकै ठुलो मञ्च मानिने साफ च्याम्पियनसिप यस पटक नेपालबिना हुने भएको छ । नेपालले इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको हो ।
बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औँ साफ च्याम्पियनसिपमा नेपालको सहभागिताका लागि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले दिएको अन्तिम समय सीमा सेप्टेम्बर ३० मा सकिएको छ । तर, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)